वीरगन्ज बसपार्कमा पार्किङ गरी राखिएको बसमा आगलागी भएको छ। वीरगन्ज - पोखरा रुटमा चल्ने ग. २ ख ९२८ नम्बरको बस पार्किङ गरिएको अवस्था करिब आठ बजे आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागीले बसको अगाडि र पछाडि सबै भाग जलेर नष्ट भएको पर्साका प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जानकारी दिए। बसमा भएको आगलागी वीरगन्ज महानगरपालिकाको बारुण यन्त्र, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको उनले बताए।
आगलागी कसरी भएको विषयमा अहिलेसम्म नखुलेको यसबारेमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए।
