गाजा नरसंहारलाई लिएर इजरायलविरुद्ध आइसिजेमा मुद्दा दायर

मंगलबार, १७ पुष, २०८०
डिजिटल संस्करण

इजरायलले गाजामा नरसंहार गरेको आरोपमा दक्षिण अफ्रिकाले इजरायलविरुद्ध संयुक्त राष्ट्रसंघीय अदालतमा मुद्दा दायर गरेको छ।

 मुद्दाको सुनुवाइमा नेदरल्यान्ड्सको हेगस्थित संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय अदालत  (आइसिजे) मा उपस्थित हुने निर्णय गरेको इजरायली समाचार वेबसाइटले सोमबार  उल्लेख गरेको छ।

इजरायलले नरसंहारविरुद्धको महासन्धिमा हस्ताक्षर गरेको स्वीकार गर्दै इजरायली राष्ट्रिय सुरक्षा सल्लाहकार  हानेग्बीले कारबाहीको  बहिष्कार नगर्ने, तर उपस्थित भई आफूविरुद्धको षड्यन्त्रलाई अस्वीकार गर्ने बताएको वेबसाइटमा उल्लेख छ।

प्रतिवेदनका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नेतृत्वमा वरिष्ठ अधिकारीबीचको छलफलअघि नै यो निर्णय लिइएको हो।

शुक्रबार दायर गरिएको मुद्दामा गाजा स्ट्रिपमा प्यालेस्टिनीको नरसंहारको रोकथाम तथा सजायको महासन्धिअन्तर्गतको दायित्वको इजरायलले उल्लंघन गरेको अन्तर्राष्ट्रिय अदालत (आइसिजे) ले जनाएको छ।  

दक्षिण अफ्रिकाले संयुक्त राष्ट्रसंघीय अदालतलाई नरसंहार महासन्धिअन्तर्गत प्यालेस्टिनी जनताको अधिकारलाई  गम्भीरताका साथ लिई थप क्षतिबाट जोगाउन प्रभावकारी उपाय अवलम्बन गर्न आग्रह गरेको छ।

सुझावित समाचार