जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३० पुग्यो

मंगलबार, १७ पुष, २०८०
डिजिटल संस्करण
जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३० पुग्यो

तस्बिर : एपी

मध्यजापान र आसपासका क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको संख्या ३० पुगेको छ।

भूकम्पबाट सबैभन्दा बढी प्रभावित इसिकावा प्रान्तमा भवन भत्किँदा र आगलागी हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको जापानको राष्ट्रिय समाचार एजेन्सी क्योडोले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

क्षतिको थप विवरण र फसेका व्यक्तिहरूबारे अन्यत्रबाट जानकारी आउने क्रम जारी रहेको बताइएको छ। जापानका प्रधानमन्त्री फुमियो किसिदाले सरकारले प्रभावित क्षेत्रमा केही आत्मरक्षा बल पठाएको र सहयोग जारी राख्ने बताएका छन्।

सोमबार इसिकावा प्रान्तको नोटो प्रायद्वीपमा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो। जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई सन् २०२४ मा नोटो प्रायद्वीप भूकम्पको नाम दिएको छ।

सोमबारदेखि जापानमा कम्तीमा एक सय ५५ पटक भूकम्प गएको छ।

सुझावित समाचार