जनमत पार्टीका नेताहरू रिहा

सोमबार, १६ पुष, २०८०
डिजिटल संस्करण
जनमत पार्टीका नेताहरू रिहा

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

माइतीघर मण्डलाबाट पक्राउ परेका जनमत पार्टीका नेता–कार्यकर्ता रिहा भएका छन्।

सोमबार धोती दिवस मनाउन भन्दै जनमत पार्टीका नेता–कार्यकर्ता काठमाडौंको निषेधित क्षेत्र माइतीघर मण्डला पुगेका थिए। सो क्रममा पार्टीका अध्यक्ष डा. सिके राउत, उपाध्यक्ष अब्दुल खान, मन्त्री अनितादेवी साहलगायत पक्राउ परेका थिए।

उनीहरूलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठले हिरासतमै गएर छुटाएका उपाध्यक्ष खानको निजी सचिवालयले जनाएको छ।

सुझावित समाचार