हिमालय कपका दुवै उपाधि भरतपुरलाई

सोमबार, १६ पुष, २०८०
डिजिटल संस्करण
हिमालय कपका दुवै उपाधि भरतपुरलाई

तस्बिर : विवेक पाेख्रेल/नयाँ पत्रिका

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयले आयोजना गरेको हिमालय कप अन्तरविद्यालय भलिबल प्रतियोगिताको दुवै  उपाधि भरतपुर महानगरपालिकाले जितेको छ। 

शनिबार भरतपुर– १३, चम्पानगरस्थित हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न खेलमा छात्रातर्फ जनजागृति मावि रत्ननगर नगरपालिकालाई २५-१६ र २५-७ को सहज जित निकाल्दै जानकी मावि भरतपुर महानगरपालिका– २७, मेघौली र छात्रतर्फ वीरेन्द्र आदर्श माध्यमिक विद्यालय राप्ती नगरपालिका– ७, वीरेन्द्रनगरलाई  १३-२५ र १४-२५ को सहज जितमा आयोजक हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयल भरतपुर १३, चम्पानगरले उपाधि जितेको हो।

केही समयअघि चितवन जिल्लाका पालिकाहरूमा सम्पन्न अन्तरपालिका रनिङ सिल्ड प्रतियोगिताको भलिबल खेलतर्फ विजयी र उपविजयी भलिबल टोलीहरू सहभागी गराएर यस विद्यालयले जिल्लास्तरीय  प्रतियोगिताको आयोजना गरेको हो।

प्रतियोगिताको प्रथमले २० हजार, द्वितीयले १० हजार नगद पुरस्कारसहित प्रमाणपत्र, ट्रफी र मेडल पाएका छन् । उनीहरूलाई भरतपुर महानगरपालिका– १३ का वडाध्यक्ष प्रकाश दवाडी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालकृष्ण न्यौपाने पुरस्कार वितरण गरेका थिए। 

प्रतियोगिताको विभिन्न विद्यामा उत्कृष्ट सात खेलाडीलाई नगदसहित मेडल र ट्रफी दिइएको थियो। शुक्रबार र शनिबार गरेर दुई दिसम्म सञ्चालन भएको प्रतियोगितामा छात्राको आठ र छात्रको १० टिमको सहभागिता रहेको थियो। 

कार्यक्रममा वडाध्यक्ष दवाडीले आफूहरूले विद्यालयमा पढाइसँगै खेलको विकासका लागि बजेट छुट्याइएको बताएका छन्। ‘राष्ट्रिय खेलको मान्यता पाएकाको भलिबलका लागि यो क्षेत्र प्रख्यात मानिन्छ। हामी विद्यालयलाई खेलकुदसँग जोडेर कार्यक्रम बनाउँदै गएका छौँ,’ अध्यक्ष दवाडीले भने। यो क्षेत्रको चम्पानगर, पृथ्वीनगर र उज्ज्वलनगरलाई मिलाएर विगतमा बनाइएको सी टिमले देशका विभिन्न राष्ट्रिय प्रतियोगितामा सहभागी भएको र विजय भएको इतिहास छ। 

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयले अहिले भलिबल खेलको आधारभूत तहदेखि नै विकास गर्ने उद्देश्य राखी प्रशिक्षक नै राखेर भलिबलको प्रशिक्षण गर्दै आएको छ। विद्यालयका प्रधानाध्यापक भानुभक्त सुवेदीले विद्यार्थीको अतिरिक्त क्षमता प्रस्तुत गर्न सामुदायिक विद्यालय भएर पनि जिल्लामा नै ठूलो प्रतियोगिता आयोजना गरेको बताए। 
 

सुझावित समाचार