बालकुमारी घटनाका दोषीलाई हदैसम्मको कारबाही गर्न जसपाको माग

शनिबार, १४ पुष, २०८०
डिजिटल संस्करण

शुक्रबार बालकुमारीमा प्रहरीको गोली लागेर ज्यान गुमाएकाहरूको परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचारको व्यवस्था गर्न जनता समाजवादी पार्टी नेपालले माग गरेको छ।

शनिबार पार्टीका प्रवक्ता मनीष सुमनले विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन्। दोषीमाथि हदैसम्मको कारबाही गर्नसमेत जसपाले सरकारसँग माग गरेको छ।

‘मुलुकमा विद्यमान गरिबी र बेरोजगारीको समस्याले नेपालीहरू बिदेसिनुपर्ने बाध्यता रहेको छ। मुलुकभित्र रोजगारी सिर्जना गर्न नसक्नु राज्यको कमजोरी हो। रोजगारको माग गर्ने युवामाथि दमन गर्नु र नागरिक हत्या गर्नु झन् दुःखद कार्य हो,’ विज्ञप्तिमा भनिएको छ।

सुझावित समाचार