२६० विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

शनिबार, १४ पुष, २०८०
डिजिटल संस्करण

हुम्लाको खार्पुनाथ गाउँपालिका– १ मा रहेका दुईवटा विद्यालयका २६० विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ।

युवा व्यवसायी एवं राजनीतिकर्मी खेम खड्काले भानुभक्त आधारभूत विद्यालय गोप्काका २ सय र मोतीराम आधारभूत विद्यालय देउखुरीका ६० विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन्।

व्यक्तिगत खर्चमा २६० विद्यार्थीलाई कापी, कलम, पेन्सिललगायतका शैक्षिक सामग्रीसहित विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको खड्काले बताए।

खड्काको सहयोगले दुई सयजना विद्यार्थीलाई राहत मिलेको भानुभक्त आधारभूत विद्यालयका प्रधानाध्यापक पूर्ण बुढाले बताए।

जिल्लाबाहिर रहेर व्यवसाय गरे पनि गाउँघरप्रति माया देखाएको भन्दै खार्पुनाथ गाउँपालिका– १ का वडाध्यक्ष जयबहादुर शाहीले खड्काको प्रशंसा गरे।

सुझावित समाचार