बालकुमारी झडपमा दुईजनाको मृत्यु

शुक्रबार, १३ पुष, २०८०
डिजिटल संस्करण

बालकुमारीमा भएको झडपमा दुईजनाको मृत्यु भएको छ। किस्ट अस्पतालमा उपचाररत दैलेखको महाबु गाउँपालिका– ६ का सुदन राउत र पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको मृत्यु भएको हाे। 

राउतको छातीमा चोट लागेर र शाहको गोली लागेर मृत्यु भएको ललितपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए।  घटनामा १० जना सामान्य घाइते छन्। प्रहरीले  ६६ जनालाई नियन्त्रणमा लिएको छ। 

गृह मन्त्रालयले घटनाबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। गृहका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार डिआइजी लालमणि आचार्यको नेतृत्वमा गठित समितिमा काठमाडौंका सहायक प्रमुख जिल्ला अमरदीप सुनुवार, उपअनुसन्धान निर्देशन वासु सिग्देल सदस्य छन्। 

सुझावित समाचार