सर्लाहीको हरिपुर्वामा वृद्ध मृत फेला

बिहिबार, १२ पुष, २०८०
डिजिटल संस्करण

जिल्लाको पुर्वी दक्षिण क्षेत्र हरिपुर्वामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। हरिपुर्वा नगरपालिका–३, धन्कौल बस्ने अन्दाजी ७५ वर्षका वृद्ध राजनारायण राय आफ्नै गोठमा मृत फेला परेका हुन्।

घटना बुधबारका दिउँसोको भएपनि प्रहरीले बिहीबार  बिहान मात्र बाहिर ल्याएको हो। मृतककाे टाउकाे चाेट देखिएपछि घटना शंकास्पद भएकाे भन्दै प्रहरीले तालिम प्राप्त कुकुरको सहायताले अनुसन्धान सुरु गरेकाे जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी नायव उपरिक्षक दिपेन्द्र पंजियार थारुले जानकारी दिए।

मुचुल्कापछि शव परिक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइने जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ।
 

See More On

सुझावित समाचार