नेप्से परिसूचकमा १७ अंकको गिरावट

बुधबार, ११ पुष, २०८०
डिजिटल संस्करण

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १७.२३ अंकले घटेर दुई हजार ७०.८४ को विन्दुमा कायम भएको छ।

आज तीन सय सात कम्पनीको एक करोड ४३ लाख ३७ हजार सात सय ३८ कित्ता सेयर एक लाख १७ हजार चार सय ७६ पटक खरिद–बिक्री हुँदा रु. पाँच अर्ब २४ करोड ८७ लाख ८२ हजार ६ सय ११ बराबरको कारोबार भएको छ।

म्युचुअल फन्ड समूह ०.५३ र निर्जीवन बिमा समूह १.१६ प्रतिशतले बढेका छन् भने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै व्यापार समूहको उपसूचकमा २.३२ प्रतिशतको गिरावट देखिएको छ।

चारवटा कम्पनीको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड, मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड र चिर्खवा हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको हो । बिपिडब्लू लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रु. १९ करोड ६६ लाख ६४ हजार सात सय ९३ बराबरको कारोबार भएको छ। त्यस्तै, कारोबार भएका सेयर संख्याका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको पाँच लाख सात हजार सात सय ७५ कित्ता सेयर किनबेच भएको छ। रासस

सुझावित समाचार