राष्ट्रिय मुवाँथाई च्याम्पियनसिपमा १९ क्लबका ३२ फाइटर भिड्ने

बिहिबार, ५ पुष, २०८०
डिजिटल संस्करण

व्यावसायिक खेलाडी उत्पादन गर्ने लक्ष्यसहित आउँदो आइतबार अर्थात् ९ पुसमा पोखरामा राष्ट्रिय मुवाँथाई च्याम्पियनसिप हुने भएको छ।

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र नेपाल मुवाँथाई अर्गनाइजेसनको संयोजन तथा नेपाल राष्ट्रिय मुवाँथाई संघको प्राविधिक सहयोगमा पोखरा– ६ लेकसाइड बाराहीचोकस्थित खेल मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।

प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य एवं प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्रीका अनुसार प्रतियोगितामा नेपालका १९ क्लबका ३२ व्यावसायिक फाइटरहरूको सहभागिता रहनेछ। सहभागी खेलाडीहरूबीच कुल १६ फाइट हुनेछन्। मार्सलआर्टअन्तर्गतको मुवाँथाई व्यावसायिक फाइट हो।

प्रतियोगितामा एमेचर, सेमी प्रो (प्रोफेसनल) र प्रोफाइट (प्रोफेसनल फाइट) गरी तीन विधामा खेल हुनेछन्। वान फाइट सिस्टमअनुसार हुने फाइटमा खेलाडीले एक खेल मात्रै खेल्ने संयोजक क्षेत्रीले जानकारी दिए। प्रत्येक फाइटरले खेल खेलेबापत नगदसमेत प्राप्त गर्नेछन्।

सुझावित समाचार