प्रो क्लब च्याम्पियनसिप : पुलिसले दियो आर्मीलाई ५९ रनको लक्ष्य

बिहिबार, ५ पुष, २०८०
डिजिटल संस्करण

प्रो क्लब च्याम्पियन टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ५९ रनको लक्ष्य दिएको छ। 

वीरगन्जको नारायणी रंगशालामा जारी रहेको खेलमा पुलिस क्लबले १८.४ मा अलआउट हुँदै ५८ रन बनाएको थियो। 

प्रतियोगिताको दोस्रो खेलमा नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई जितका लागि केवल ५९ रनको झिनो लक्ष्य दिएको छ।  

पर्सा ११ ले दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। उद्घाटन खेलमा भारतको युपी ११ लाई एक विनेटले हराउँदै पर्साले विजयी सुरुवात गरेको हो। 

प्रतियोगितामा नेपालका तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफसहित पर्सा ११ तथा भारतको युपी ११ र वन्डर्स क्लब नोइडा प्रतिस्पर्धा गर्दै छन्।

सिंगल राउन्ड रोविनको खेलपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। जहाँ लिगमा पहिलो र चौथो हुनेबीच पहिलो सेमिफाइनल हुनेछ र दोस्रो र तेस्रो हुने टोलीबीच दोस्रो सेमिफाइनल हुनेछ।
 

सुझावित समाचार