एमालेको केन्द्रीय सचिवालयको बैठक बसिरहेको छ । पार्टी अध्यक्ष केपी ओलीनिवास बालकोटमा जारी बैठक अनौपचारिक रहेको बताइएको छ ।
मध्यपहाडी लोकमार्गकेन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प अभियान’ सम्पन्न भएपछि सचिवालयको बैठक पहिलोपटक बसेको हो ।
बैठक संकल्प अभियानको समीक्षामा केन्द्रित रहेको केन्द्रीय कार्यालयले जनाएको छ ।
