एनसेल काण्डमा राज्य व्यवस्था समितिले हात हालेको भन्दै सभापति पोखरेलको असन्तुष्टि

बुधबार, ४ पुष, २०८०
डिजिटल संस्करण

सार्वजनिक लेखा समितिका सभापति  ऋषिकेश पोखरेलले एनसेलमा राज्य व्यवस्था समितिले हात हालेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले एनसेलको भ्रष्टाचार काण्डसम्बन्धी निर्णय र  सरकारलाई दिएको दबाबलाई कमजोर बनाउन खोजेको भन्दै खेद व्यक्त गरे ।

उनले भ्रष्टाचारलाई छोप्न,आफ्नो कार्यक्षेत्रभन्दा बाहिर विभिन्न संसदीय समितिहरूमार्फत विषय बंग्याउने र जनतालाई भ्रम छर्ने काम बन्द गर्न राज्य समितिसँग अपिल गरे । उनले यस्ता भ्रमको पछि नपर्नसमेत आग्रह गरेका छन् । 

सुझावित समाचार