सांसद सिंहले सर्वोच्चमा दायर गरेको रिटमाथि आज सुनुवाइ

मंगलबार, ३ पुष, २०८०
डिजिटल संस्करण

संघीय सांसद डा. अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी रिटमाथि आज सुनुवाइ हुने भएको छ ।

प्रतिनिधिसभा सदस्य सिंहले गत २२ मंसिरमा दायर गरेको रिट २४ मंसिरदेखि हेर्न नभ्याइनेमा परेको थियो । १ पुसमा भने रिट निवेदककै कानुन व्यवसायीले स्थगित गराएका थिए । आज भने न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा सिंहको रिट घमा परेको छ ।

रिट निवेदक सांसद सिंहले नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी कारोबार गरेको भन्दै एनसेलको सेयर खरिद–बिक्रीलाई मान्यता नदिन माग गरेका छन् । 

सुझावित समाचार