विधान सम्मेलनबारे छलफल गर्न माओवादी केन्द्रको बैठक

मंगलबार, ३ पुष, २०८०
डिजिटल संस्करण

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज अपराह्न ३ बजे हुँदै छ । बैठकमा आगामी केन्द्रीय समिति बैठक, विधान सम्मेलनलगायत विषयमा छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

बैठकमा पार्टीको आगामी कार्ययोजनाका सम्बन्धमा छलफल हुनाका साथै माओवादीले सञ्चालन गरेको पार्टी रूपान्तरण अभियानको समीक्षा हुने प्रवक्ता सापकोटाले बताए । 

सुझावित समाचार