नेपाल सुपर लिग : काठमाडौं र धनगढी बराबरीमा

मंगलबार, ३ पुष, २०८०
डिजिटल संस्करण
नेपाल सुपर लिग : काठमाडौं र धनगढी बराबरीमा

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

साबिक विजेता काठमाडौं रेजर्स र उपविजेता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणमा १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार धनगढीले सुरुवाती अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भएको हो । धनगढीका लागि लेबनानका अहमद हिजाजी तथा काठमाडौंका लागि क्यामरुनका ओलिभर किन्गुईले गोल गरे । 

बराबरीसँगै अपराजित धनगढीले ६ खेलमा १२ अंक जोड्दै पहिलो स्थानमै रह्यो । अंक बाँडेपछि प्रशिक्षक युगल किशोर राई भने रेफ्रीमाथि आक्रोशित रहे । उनले रेफ्रीकै कारण बराबर खेल्नुपरेको र निर्णय चित्त नबुझेको बताए । ‘हामीले हाम्रो खेलमा नवीन्द्र महर्जन हुनुहुँदैन भनेका छौँ । उहाँ काठमाडौंको हो । तर, भन्दाभन्दै पनि हाम्रो सुनुवाइ भएन,’ राईले आक्रोशित हुँदै भने, ‘मैले पहिले पनि दुई पेपर लेखेर आयोजकलाई बुझाएको छु । तर, सुनुवाइ भएन,’ राईले भने । 

यसअघि खेल फिफा रेफ्री प्रज्वल क्षेत्रीलाई खेलाएका थिए । तर, पहिलो हाफमा ह्यामस्ट्रिङ भए पनि प्रज्वलको स्थान लिँदै दोस्रो हाफमा नवीन खेल खेलाएका हुन् । फोर्थ रेफ्रीमा श्याम दुनुवार आए । काठमाडौं पाँच खेलमा ९ अंकका साथ चौथो स्थान यथावत् छ । काठमाडौंले बाँकी दुई खेलमा नै जित निकाल्नुपर्छ । प्रशिक्षक बालगोपाल महर्जनले सुरुमै गोल गर्ने योजना रहे पनि अन्तिममा मात्रै गोल निस्किएको बताए । 

उनले पछिल्ला खेलमा प्रदर्शन स्तरीय भएको प्रतिक्रिया दिए । ‘हामी सुरुबाटै गोल गर्न चाहन्थ्यौँ । तर, अन्तिममा मात्रै भयो । एक अंक भए पनि आएको छ । पछिल्लो दुवै खेल जित्नुपर्ने दबाब बढेको छ,’ प्रशिक्षक महर्जनले भने । दोस्रोपटक रक्षक अञ्जन राईलाई कप्तानी जिम्मेवारी दिएका हुन् । यसअघि मार्की हिसुब थपलिया र कुलदीप कार्कीले आर्म ब्यान्ड लगाएका थिए । 

हिजाजीको अग्रता 
आक्रामक खेल प्रदर्शन गरेको धनगढीले खेलको १५औँ मिनेटमा अग्रता बनायो । काठमाडौंका रक्षक आन्द्रेश नियाको गल्ती फाइदा उठाउँदै हिजाजीले गोल गरेका हुन् । हिजाजीले नियाबाट बल खोस्दै गोलरक्षक एन्जल श्रेष्ठलाई बिट गराएका हुन् । एन्जलले पनि दोस्रोपटक अवसर पाएका छन् । ६६औँ मिनेटमा काठमाडौंले बराबरी गोल गर्यो । 

सुझावित समाचार