‘गण्डकीमा गाँजाखेतीलाई वैधानिकता दिन अध्ययन समिति गठन’

शनिबार, ३० मंसिर, २०८०
डिजिटल संस्करण

गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले गाँजाखेतीलाई वैधानिकता दिन अध्ययन समिति गठन गरेको बताएका छन्।

नेपाली कांग्रेस बागलुङ क्षेत्र नं २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री थापाले गाँजाखेतीको सम्भाव्यता अध्ययनको लागि प्रदेश सरकारले समिति गठन गरेको बताएका हुन्।

लोकल रक्सीलाई वैधानिक रूपमा उत्पादन गरेर आर्थिक आम्दानी गर्न प्रदेश सरकार जुटिरहेको उनको भनाइ थियो।

मलेसियालगायत विभिन्न देशबाट आयात हुने काठलाई विस्थापित गरी व्यावसायिक रूपमा वृक्षरोपण गर्न प्रदेशको वन ऐन संशोधन गर्ने तयारी भएकोसमेत मन्त्री थापाले जानकारी दिए।

सुझावित समाचार