प्रधानमन्त्री प्रचण्डले गरे मानवसेवा आश्रमको नयाँ भवनको उद्घाटन

शनिबार, ३० मंसिर, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौँडा-९ मा रहेको मानवसेवा आश्रमको केन्द्रीय कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन्। प्रधानमन्त्री प्रचण्डले मानवसेवा आश्रमले अशक्त र अपांता भएकाहरूका लागि १२ करोड रुपैयाँ लागतमा निर्माण गरेको अपांगतामैत्री मुख्य सेवा केन्द्र भवनको उद्घाटन गरेका हुन्।

२०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्य लिएको मानव आश्रमको २०६९ भदौ १३ गते स्थापना भएको थियो। आश्रमको केन्द्रीय कार्यालय हेटौँडामा २५ जना बालबालिका, ९५ जना महिला र एक सयजना पुरुष गरी २२० जना आश्रित रहेका छन्।

यस्तै, मानवसेवा आश्रमको बागमती प्रदेशमा ६, गण्डकी प्रदेशमा ५, लुम्बिनी प्रदेशमा ४, मधेश प्रदेशमा ३ र कोशी, कर्णाली प्रदेशमा एउट र सुदूरपश्चिम प्रदेशमा एक/एकवटा गरी २४ वटा आश्रमहरू रहेका छन्। जहाँ एक हजार ७ सयजना सहयोगापेक्षी मानवहरू आश्रित रहेका छन्।

See More On

सुझावित समाचार