महासमिति बैठक सार्ने कांग्रेसको निर्णय

शुक्रबार, २९ मंसिर, २०८०
डिजिटल संस्करण
महासमिति बैठक सार्ने कांग्रेसको निर्णय

फाइल तस्बिर ।

कांग्रेसले महासमिति बैठक सार्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यालयको बैठकले आसन्न महासमिति बैठक सार्ने निर्णय गरेको हो । 

अब ७ देखि १० फागुनमा महासमिति बैठक बस्ने गरी आगामी केन्द्रीय कार्यसमिति बैठकमा प्रस्ताव पेस गर्ने निर्णय भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

राष्ट्रिय सभाको आसन्न निर्वाचन तथा चिसो मौसमका कारण बैठक स्थगित गरिएको हो । 

यसअघि गत असोजमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले १६ देखि १९ पुससम्म गाेदावरीमा महासमिति बैठक गर्ने निर्णय गरेको थियो । नीति अधिवेशनसमेत सोही क्रममा गर्ने निर्णय भएको थियो ।

सुझावित समाचार