धनुषामा एक बालिकाको हत्या भएको छ । सबैला नगरपालिका– ९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको हत्या भएको हो ।
बालिकाको शव नग्न अवस्थामा सतोखर पोखरीनजिक खाल्डोमा जमेको पानीमा गएराति फेला परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव निरीक्षक रञ्जन अवालेले जानकारी दिए ।बालिकाले लगाएका लुगा पोखरीछेउमा फेला परेको उनले बताए ।
बालिकाको बलात्कार गरी हत्या गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ । शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ । घटनामा संलग्न भएको आशंकामा दुईजनालाई पक्राउ गरिएको प्रवक्ता अवालेले बताए ।