खाणको थुनछेकसम्बन्धी सुनुवाइ न्यायाधीश कोइरालाको इजलासमा

बिहिबार, २८ मंसिर, २०८०
डिजिटल संस्करण

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणको थुनछेकसम्बन्धी सुनुवाइ आज हुँदै छ।

यसअघि उच्च अदालत पाटनमा दुई न्यायाधीशबीच राय बाझिएपछि उनको उनको सुनुवाइ आजका लागि सारिएको हो। आज उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा सुनुवाइ हुँदै छ। 

जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा गएको मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको थियो। 
 

सुझावित समाचार