मेटलाइफले क्यान्सरबाट बच्ने र उपचारपछिको चुनौतीपूर्ण यात्रालाई सम्हाल्दै आएका व्यक्तिलाई सहयोग गर्ने भएको छ । कम्पनीले सहयोग प्रदान गर्ने सम्बन्धमा नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीसँग साझेदारी गरेको हो । यो सहकार्यले चेतनामूलक कार्यक्रमदेखि लिएर परामर्श सहयोगको सुविधा र जीविकाको विकासलाई प्रवद्र्धन गर्दै लगभग दुई हजार पाँच सयजना सर्भाइभर्सको दिगो जीविकाका लागि मद्दत गर्ने कम्पनीको भनाइ छ ।
साझेदारी नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीलाई सात लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोगमार्फत हुने उल्लेख छ । जसले यस संस्थालाई विभिन्न कार्यक्रम जस्तै काठमाडौं र झापा क्षेत्रका शैक्षिक संस्थामा प्रभावकारी क्यान्सर सचेतना कार्यक्रम सञ्चालन गर्न सशक्त बनाउने जनाइएको छ । यी कार्यक्रमले युवापुस्तालाई क्यान्सरका जटिलताबारे शिक्षा दिन, रोकथामका उपाय, प्रारम्भिक पत्ता लगाउने र रोगवरपरका प्रचलित मिथकलाई हटाउनमा महत्वपूर्ण भूमिका खेल्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।
यी सचेतना अभियानका साथसाथै, मेटलाइफको सहयोगले क्यान्सरसँग लडिरहेका व्यक्तिलाई डाक्टर र चिकित्सा पेसेवरहरूसँग परामर्शका लागि जोड्ने काम गर्ने जनाइएको छ । त्यस्तै, यस पहलले मानसिक स्वास्थ्य र कल्याणको महत्वलाई स्वीकार गर्दै बाँच्नलाई बहुआयामिक प्रकृतिलाई मान्यता दिने उल्लेख छ । उनीहरूको निरन्तर हेरचाहका लागि महत्वपूर्ण सकारात्मक मानसिकतालाई बढवा दिन र मानसिक स्वास्थ्य परामर्शको सुविधा दिएर, उनीहरूलाई मनोबल बढाउन आवश्यक भावनात्मक समर्थन र मार्गदर्शन प्राप्त गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ ।
क्यान्सरपीडितले उपचारपछि आफ्नो जीवन पुनर्निर्माण गर्न सामना गर्ने चुनौतीलाई स्वीकार गर्दै, कार्यक्रममा जीविकोपार्जन विकास कार्यक्रममा सहयोग समावेश रहेको जनाइएको छ । यी पहलमा अचार र मिठाई बनाउने, सेलरोटी, अरसा, अनरसा र खाजाजस्ता परम्परागत नेपाली खानाको तयारी सीप, गुणस्तर नियन्त्रण र मार्केटिङमा गहिरो निर्देशन समावेश रहेको उल्लेख छ । यी सीपका साथ सर्भाइभर्सलाई सशक्तीकरण गर्ने उद्देश्य आर्थिक स्वतन्त्रता र आत्मस्थायित्व प्रदान गर्ने, उनीहरूको समग्र पुनः प्राप्तिका लागि महत्वsfपूर्ण कदम रहेको कम्पनीले जनाएको छ ।