सिराहाको माडर बसपार्कबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ

बिहिबार, २८ मंसिर, २०८०
डिजिटल संस्करण

सिराहाको दक्षिणी सीमावर्ती माडर बसपार्कबाट प्रहरीले बुधबार प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई युवकलाई पक्राउ गरको छ। जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार बुधबार अपराह्न करिब साढे ४ बजेतिर सिराहा नगरपालिका १७ माडरस्थित बसपार्कमा भारतबाट नेपालतर्फ आउँदै गरेका दुईजनामाथि शंका लागेपछि रोकेर चेकजाँच गर्दा ब्राउन सुगर बरामद भएको हो।

माडरस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सिराहाको मिर्चैया नगरपालिका- ५ का करिब १८ वर्षीय रूपेश पासवान र २४ वर्षीय कृष्णकुमार यादवलाई प्लास्टिकमा पोको पारेको एक ग्राम ७२ मिलिग्राम ब्राउन सुगर बरामद भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुवैजनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान कार्य भइरहेको छ। गत हप्ता पनि लहान ८ बाट प्रहरीले ४९ ग्राम नौ सय मिलिग्राम ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको थियो। 

See More On

सुझावित समाचार