सहिद प्रधानको स्मृतिमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता २६ पुसबाट

बुधबार, २७ मंसिर, २०८०
डिजिटल संस्करण

सहिद हेमन्त प्रधानको स्मृतिमा कांग्रेस दोलखा प्रदेश ‘क’ले प्रदेशस्तरीय खुला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आगामी २६ पुसबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३ जिल्लाका खेलाडीले सहभागिता जनाउँदै छन्।

सशस्त्र द्वन्द्वको समयमा २९ पुस ०५८ सालमा तत्कालीन माओवादीले घरमै हत्या गरेका प्रधानको सम्झनामा उनकाे गृहनगर जिरीमा हुन लागेको प्रतियोगिता २९ गतेसम्म चल्ने कांग्रेस प्रदेश (क) सभापति  शुक्रराज तामाङले जानकारी दिए। 

प्रतियोगिताका विजेतालाई क्रमशः प्रथम पुरस्कार नगद दुई लाख, द्वितीय एक लाख, तृतीय ५० हजार र सान्त्वना नगद ३० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगिताको अवधिमा राष्ट्रियस्तरका कलाकारहरूको उपस्थितिमा बृहत् सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने आयाेजक समितिले जनाएकाे छ।

सुझावित समाचार