करेक्सनपछि सेयर बजारमा पुनः उछाल, नेप्से दुई हजार विन्दुनजिक

मंगलबार, २६ मंसिर, २०८०
डिजिटल संस्करण

साताको मंगलबार दिन नेप्से परिसूचक ३६.८७ अंकले बढेर १९८५.४४ विन्दुमा आइपुगेको छ।

अघिल्लो दिन नेप्से सूचक १५ अंकको करेक्सन भएको थियो। मौद्रिक नीतिपछि खुलेको कारोबार करेक्सन हुँदै बजार  दुई हजार विन्दुमा उक्लिने प्रयासमा देखिएको छ।

कारोबारको हिसाबले पनि बजार निकै बलियो बन्दै गएको देखिन्छ। लगानीकर्ताहरूका अनुसार बजार करेक्सन हुँदै कारोबार पनि बलियो बन्ने बताउँछन्।

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ९७ कम्पनीले एक करोड २४ लाख कित्ता  खरिद–बिक्री हुँदा  चार अर्ब ३० करोड नाै लाख रुपैयाँको कारोबार भएको छ।

सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा  शिवम् सिमेन्ट, सोनापुर मिनरल्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी नेपाल, सोल्टी होटेलको ११ करोड ८१ लाख रुपैयाँदेखि १८ करोड सात लाख रुपैयाँको कारोबार भएको छ। 

६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। बोटलर्स नेपाल, धौलागिरी लघुवित्त वित्तीय संस्था, नेपाल रिपब्लिक मिडिया, सोनापुर मिनरल्स एन्ड आयल सानिमा लार्ज फन्ड र मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। 
 

सुझावित समाचार