टस जितेको भारतले बलिङ गर्दै, नेपालाई ब्याटिङको निम्तो

मंगलबार, २६ मंसिर, २०८०
डिजिटल संस्करण

यू- १९ एसिया कप क्रिकेट समूह ‘ए’को अन्तिम खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ। दुबईस्थित आइसिसी क्रिकेट ओभल– २ मा भारतका कप्तान उदे सरनले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन्। 

आजको खेलमा नेपालको तर्फबाट दुई खेलाडी परिवर्तन भएका छन्। आकाश त्रिपाठी र विपिन रावलको स्थानमा दीपक डुम्रे र दीपक बोहोरा टिममा समावेश छन्।

यसअघि नेपाल पाकिस्तान र अफगानस्तान दुवैसँग पराजित भएको थियो भने यसअघि भारत पाकिस्तानसँग आठ विकेटले पराजित भएको थियो। 

सुझावित समाचार