खुसी हाम्रै हातमा छ

मंगलबार, २६ मंसिर, २०८०
डिजिटल संस्करण

मनोविज्ञानकी एक प्राध्यापकले कक्षाकोठामा पानीले भरिएको एउटा गिलास लिएर आइन् । उनले विद्यार्थीहरूलाई गिलास देखाउँदै सोधिन्, ‘के तिमीहरूमध्ये कसैले मलाई बताउन सक्छौ, यो गिलासको वजन कति छ ?’

जवाफ दिन कक्षाका केही विद्यार्थीले हात उठाए । हात उठाएका विद्यार्थीहरूले फरक–फरक जवाफ दिए । कसैले गिलासको वजन ५० ग्राम भएको बताए, कसैले सय ग्राम भने । प्राध्यापकले कक्षालाई सम्बोधन गर्दै भनिन्, ‘वास्तविक रूपमा यो गिलासको वजन कति छ भन्ने कुराले खासै अर्थ राख्दैन । अर्थ यो गिलासलाई म कति समय हातमा राख्छु भन्ने कुराले राख्छ । मैले यो गिलास हातमा केही क्षणका लागि मात्रै राखेँ भने यो मलाई एकदमै हलुका लाग्नेछ । पूरै दिन समातेर राख्नुपर्यो भने यो मेरा लागि निकै गहु्रंगो महसुस हुनेछ । सायद मेरो हातले थोग्नसमेत मुस्किल पर्ला ।’

प्राध्यापकले भनिन्, ‘हाम्रो चिन्ताले पनि यस्तै व्यवहार प्रदर्शन गर्छ । मेरो चिन्ता केही सेकेन्ड वा समयका लागि हो भने यसले मलाई खासै दुःखी बनाउनेछैन । तर, दिनभर सोही चिन्तामा डुबिरहेँ भने सायद मैले त्यो दुःख झेल्न नसक्ने पनि हुन सक्छ ।’खुसी छान्ने कि दुःख त्यो हाम्रै हातमा हुन्छ । हामीले कस्तो भावनालाई कति समय दिन्छौँ भन्ने कुरा निकै महत्वपूर्ण हुन्छ । हाम्रो आन्तरिक शान्ति यही कुरामा निर्भर छ । 

सुझावित समाचार