अहिले वनभोज जाने सिजन सुरु भएको छ । अहिलेको मौसममा आकाश खुला हुने भएकाले पनि दृश्यावलोकनको मज्जा लिन पिकनिक जानेहरूको संख्या उच्च रहने गरेको छ । दैनिक व्यस्त जीवनशैली र सहरको धुवाँधुलोले दिक्क भइरहँदा मन–मस्तिष्कलाई रिफ्रेस बनाउन प्रायः मानिसहरू समय मिलाएर पिकनिक जान्छन् ।
सुन्दरीजल
काठमाडौंबाट झन्डै एक घन्टामा सुन्दरीजल पुग्न सकिन्छ । यहाँ जानका लागि जोरपाटी–गोकर्ण हुँदै जानुपर्छ । छोटो दूरीमा पुग्न सकिने भएकाले पनि यहाँ पिकनिक आउनेहरूको संख्या ठूलो रहन्छ । काठमाडौंबाट नजिकैको दूरीमा पुगिने अर्को ठाउँ चोभार पनि हो
चम्पादेवी
काठमाडौंबाट सवारीसाधनमार्फत छोटो समयमै चम्पादेवी पुग्न सकिन्छ । चोभारको टौदहबाट यात्रा सुरु गर्न सकिन्छ । कीर्तिपुरको मच्छेगाउँबाट पनि जान सकिन्छ । यहाँ, चुचुरोमा पुगेपछि पहाडी शृंखलाको अवलोकन गर्न पाइन्छ । छोटो अवधिमै सहरको धुवाँधुलो छोडेर स्वच्छ वातावरण महसुस गर्न पाइन्छ । हिमालय शृंखलाको अवलोकन तथा
हरियाली जंगल यो रुटको प्रमुख विशेषता मानिन्छ ।
लाँकुरीभञ्ज्याङ
लाँकुरीभञ्ज्याङबाट उपत्यकाका तीनवटै जिल्लाका मनमोहक दृश्यहरू अवलोकन गर्न सकिन्छ । यो क्षेत्र चारैतिरबाट वनले घेरिएको छ । त्यहीकारण, पिकनिक स्पटका लागि निकै चर्चित छ । हरियाली वनजंगलको दृश्यावलोकन गर्दै रमाइलो गर्न सकिन्छ ।
नगरकोट
काठमाडौंबाट छोटो समयमै पुग्न सकिने गन्तव्य नगरकोट पनि हो । यहाँबाट हिमशृंखलाहरू अवलोकन गर्न सकिन्छ । प्रकृतिप्रेमीहरूको रोजाइमा नगरकोट पनि पर्ने गरेको छ ।
गोदावरी
गोदावरी पनि पिकनिकका लागि चर्चित छ । विभिन्न वनस्पतिहरू वनस्पति उद्यान, गोदावरी मन्दिर, कुण्ड तथा प्राकृतिक तथा धार्मिक सम्पदाका कारण गोदावरी चर्चित छ ।