विष्णुमती किनारमा पितृको नाममा दीप प्रज्वलन

सोमबार, २५ मंसिर, २०८०
डिजिटल संस्करण
विष्णुमती किनारमा पितृको नाममा दीप प्रज्वलन

बाला चतुर्दशीको अवसरमा शतबीज छर्नका लागि आइतबार राति पाशुपत क्षेत्रमा पाल टाँगेर जाग्राम बसेका भक्तजन । तस्बिर : संजित परियार/नयाँ पत्रिका

बालाचतुर्दशीको अवसरमा बुढानीलकण्ठ–४, विष्णुमतीको किनारमा आइतबार रातभर बसेर स्थानीयवासीले पितृहरूका नाममा दीप प्रज्वलन गरेका छन् । विष्णुमती धनेढिकुरो सरोकार समितिले यसपटक स्थानीयलाई सहभागी गराउन यस्तो कार्यक्रम आयोजना गरेको हो । 

आइतबार साँझ दीप प्रज्वलन र सोमबार बिहानै दिवंगत पितृहरूको नाममा शदबीज छर्ने विष्णुमती धनेढिकुरो सरोकार समिति तथा विष्णुमती सरसफाइ अभियानका अध्यक्ष हरिबहादुर केसीले जानकारी दिए । उनका अनुसार पितृहरूको नाममा ब्रह्म मुरतमा शदबीज छरिन्छ ।

दीप प्रज्वलनमा ५० भन्दा बढी परिवारको सहभागिता थियो । बुढानीलकण्ठ–४ का वडाध्यक्ष श्रीराम केसीसहित स्थानीय जनप्रनिधि पनि दीप प्रज्वलनमा सहभागी थिए । समितिले आयोजना गरेको यो चौथो कार्यक्रम हो । 

सुझावित समाचार