बागमती प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना

आइतबार, २४ मंसिर, २०८०
डिजिटल संस्करण

बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ।

प्रमुख शर्मालाई शनिबार बिहानबाट ज्वरो आएपछि अस्पताल भर्ना गरिएको हो।

शर्मालाई काठमाडौंको हेल्पिङ ह्यान्ड्स् सामुदायिक अस्पताल चाबहिलमा भर्ना गरिएको उनका प्रमुख स्वकीय सचिव पारसमणि फुँयालले जानकारी दिए। स्वास्थ्य परीक्षणका क्रममा प्रदेश प्रमुख शर्मालाई निमोनिया देखिएको छ।

उपचारत शर्माको अहिले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको सचिव फुँयालले जानकारी दिए। प्रमुख शर्मालाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका उनले बताए।

सुझावित समाचार