बाँकेमा स्थायी बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिला धेरै

शुक्रबार, २२ मंसिर, २०८०
डिजिटल संस्करण

बाँकेमा स्थायी बन्ध्याकरण सेवा लिनेमा महिलाको संख्या धेरै देखिएको छ । स्वास्थ्य कार्यालय, बाँकेले १४ मंसिरमा नरैनापुर गाउँपालिका– ६ स्थित गंगापुर स्वास्थ्य चौकीमा गरेको स्थायी बन्ध्याकरण शिविरमा ११ जनाले सेवा लिएकोमा आठजना महिला भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी देवनारायण उपाध्यायले जानकारी दिए । 

त्यसैगरी, राप्तीसोनारी गाउँपालिका– ६, कमैयाडाँडामा आयोजना गरिएको शिविरमा १६ जनाले स्थायी बन्ध्याकरण सेवा लिएकोमा १५ जना महिला छन् । राप्तीसोनारी गाउँपालिका– ४, बैजापुरस्थित राप्तीसोनारी अस्पतालमा गरिएको शिविरमा पनि स्थायी बन्ध्याकरण गर्ने महिलाको संख्या अधिक छ । उक्त शिविरमा १५ जनाले सेवा लिँदा  एकजना मात्र पुरुषले स्थायी बन्ध्याकरण सेवा लिएका छन् । 

२० मंसिरमा डुडुवा गाउँपालिका– २ स्थित बेतहनी स्वास्थ्य चौकीमा भएको बन्ध्याकरण शिविरमा सातजना महिलाले मात्र सेवा लिएको सूचना अधिकारी उपाध्यायले जानकारी दिए ।उनले भने, ‘हालसम्म ४९ जनाले स्थायी बन्ध्याकरण सेवा लिएका छन् । तीमध्ये ४४ महिला र पाँच पुरुष छन् । स्थायी बन्ध्याकरण सेवा लिनेमा महिलाको तुलनामा पुरुषको संख्या एकदमै न्यून छ ।’ 
 

सुझावित समाचार