नेपालका भट्टराईले जिते ‘ग्रान्ड ग्लोबल एम्बेसडर इन्टरनेसनल’ अवार्ड

बिहिबार, २१ मंसिर, २०८०
डिजिटल संस्करण

मलेसियामा आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका १२ वर्षीय आरुष भट्टराईले ‘ग्रान्ड ग्लोबल एम्बेसडर इन्टरनेसनल’ अवार्ड जित्न सफल भएका छन् । नेपालको प्रतिनिधित्व गर्दै मलेसिया पुगेका उनले विभिन्न देशका प्रतिस्पर्धीहरूलाई पछि पार्दै केटा समूहको उपाधि हासिल गरेका हुन् । 

स्याली क्राउन ब्युटी कन्सल्टेन्सले आयोजना गरेको ‘ग्रान्ड ग्लोबल एम्बेसडर इन्टरनेसनल २०२३’ कार्यक्रममा नेपालको प्रतिनिधित्व गरेका आरुषले विनर किड इन्टेलिजेन्ट विनर किड्स युनिभर्स विधामा जित हात पारेको जनाइएको छ ।

प्रतियोगितामा नेपालसहित भारत, मलेसियालगायत देशका बालबालिका सहभागी भएका थिए । प्रतियोगितामा आरुषले नेपाली कला–संस्कृतिको प्रचार–प्रसारको अलावा नेपालको पर्यटनलाई प्रवद्र्घनसमेत गरेका थिए । आरुषसँगै प्रतियोगितामा सहभागी एल्भिरा महर्जनले मिस किड अलुरिङ औरा ग्रान्ड ग्लोबल एम्बेसडर इन्टरनेसनलको उपाधि हासिल गरेकी थिइन् । 

प्रतियोगितामा बालबालिकासँगै अन्तर्राष्ट्रिय मोडेल तथा फेसन कोच राज फैजू पनि सहभागी थिए । प्रतियोगितामा सहभागी दुवै बालबालिकाको फेसन डिजाइन अन्तर्राष्ट्रिय फेसन डिजाइनर श्रीषा बैदारले गरेकी हुन् ।

सुझावित समाचार