एनसेलबारे प्रधानमन्त्रीले भने- राष्ट्रलाई ठग्ने ठगहरूलाई छोड्न सकिँदैन

मंगलबार, १९ मंसिर, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई ठग्ने ठगहरूलाई नछोड्ने बताएका छन्।

मंगलबार महोत्तरीको गौशालामा मधेश प्रदेशको प्रशिक्षणमा बोल्दै प्रधानमन्त्री प्रचण्डले देशलाई ठग्ने ठगहरूलाई नछोड्ने र सत्यतथ्य छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताएका हुन्। 

‘विगतमा विभिन्न काण्ड मच्चाउनेहरूसँग सरकार कडा रूपमा प्रस्तुत भएको छ। अहिले फेरि एनसेलको कुरा आएको छ। मैले सत्यतथ्य छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन गरिसकेको छु,’ उनले भने, ‘नेपाल राष्ट्रलाई ठग्ने ठगहरूलाई छोड्न सकिँदैन, छानबिन गरी कारबाही गरिन्छ।’ 
 

सुझावित समाचार