वेस्टर्न युनियनका एजेन्टहरूद्वारा ‘दसैँमा १० गुणा’ विजेताको नाम सार्वजनिक

सोमबार, १८ मंसिर, २०८०
डिजिटल संस्करण

वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरूले आफ्नो दसैँलक्षित ‘दसैँमा १० गुणा’ अभियानको विजेताको नाम सार्वजनिक गरेका छन्।

इटहरीकी होमादेवी पान्डेले बम्पर लक्की ड्रमार्फत प्राप्त कारोबार रकमको दश गुणा रकम जितेकी छिन्। 

वेस्टर्न युनियनका सुपर एजेन्टहरू, एटिटी रेमिट, सिजी फिन्को, डिजिटेक, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका प्रतिनिधिहरूबीच काठमाडौंमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको हो।

नेपालमा २७ वर्षभन्दा बढी समयदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको वेस्टर्न युनियनले दसैँ, तिहार र छठलाई लक्षित गरी ‘दसैँमा १० गुणा’ अभियान सुरु गरेको थियो। बम्परमा प्राप्त रकमको १० गुणाबाहेक, आठ हप्तासम्म ६४ भाग्यशाली ग्राहकले कारोबार रकमको दुई गुणा जित्ने मौका पनि प्राप्त गरेका थिए।

नेपालकै पहिलो रेमिट्यान्स सेवा प्रदायक वेस्टर्न युनियन मनी ट्रान्सफरले नेपालीलाई  सन् १९९६ देखि विश्वका दुई  सयभन्दा बढी देश र क्षेत्रहरूबाट पैसा प्राप्त गर्ने सेवा प्रदान गर्दै आएको छ।

सुझावित समाचार