चालू आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने नियतले कार्य गरेका आठजनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट तीन करोड ३१ लाख ८१ हजार एक सय ९८ रुपैयाँबराबरको सामग्रीसमेत बरामद भएको र यसलाई कानुनी कारबाहीका लागि रसुवा भन्सार कार्यालय टिमुरेलाई बुझाएको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिए ।
चीनबाट आयात गरेका ती सामग्री रसुवागढी, घट्टेखोला, टिमुरे र स्याफ्रुबेँसीसमेतका स्थानमा केही भारिया र केही विभिन्न सवारीसाधनमार्फत काठमाडौंतर्फ लाने क्रममा प्रहरीले बरामद गरेको उनले बताए ।
रसुवागढी नाकामा चोरी निकासी नियन्त्रण गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल परिचालित छन् । प्रहरीले गत वर्ष पनि रु. एक करोड ५१ लाख ५६ हजार दुई सय ३० बराबर भन्सार छलीका सामग्री बरामद गरी कानुनी कारबाहीका लागि भन्सार कार्यालय टिमुरेलाई बुझाएको थियो ।
यस्तै, जिल्ला प्रहरी कार्यालयले चालू आवको हालसम्म विभिन्न घटनाका १४ थान मुद्दा जिल्ला सरकारी वकिलमार्फत अदालतसामु पेस गरेको छ । यसरी पेस भएका मुद्दामा लागुऔषध, कर्तव्य ज्यान, चोरीलगायत विविध छन् ।
चार महिनामा रसुवागढी नाकाबाट आठजना पक्राउ
एउटै समूहसँग १० वटा ग्यास उद्योग
३ हप्ता अघि
सुझावित समाचार
नेपाल टेलिकमको दसैँ–तिहार अफर : इन्टरनेट जडानमा पाँच सय छुट, १२ महिनाको शुल्कमा १३ महिना सेवा
काठमाडौं/ नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘दसैँ–तिहार अफर २०८३’ सार्वजनिक गरेको …
इन्टरनेट शुल्क वृद्धि गर्न कुनै स्वीकृति दिएका छैनौँ : दूरसञ्चार प्राधिकरण
काठमाडौं/ नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट तथा इमेल सेवाको शुल्क वृद्धि गर्ने सम्बन्धमा कुनै स्वीकृति नदिएको स्पष्ट पारे…
दसैँअघि उखु किसानले डेढ अर्ब सरकारी अनुदान पाउने
गत आवमा उखु क्रसिङ गरेका किसानले मिलबाट प्रतिक्विन्टल ६ सय २० रुपैयाँका दरले पैसा बुझिसके, सरकारी अनुदानबापतको प्रतिक्विन्ट…
मलेसियामा श्रमिकको न्यूनतम तलब वृद्धि
मलेसियाले श्रमिकको न्यूनतम पारिश्रमिक प्रतिमहिना १७ सय रिंगिटबाट बढाएर दुई हजार (करिब ७६ हजार रुपैयाँ) पुर्‍याउने घोषणा …
आइतबारदेखि उपत्यकामा ६ स्थानमा ग्यास सिलिन्डर साटिने
काठमाडौं/ आइतबारदेखि काठमाडौं उपत्यकाका विभिन्न ६ स्थानमा एकीकृत बिक्री केन्द्रमार्फत जुनसुकै कम्पनीको खाली सिलिन्डर लगेर ग्यास प…
विपतबिच विदेशी पर्यटक आगमनमा सुधार
लगातार प्राकृतिक विपत्को सामना गरिरहेको नेपालमा विदेशी पर्यटक आगमनमा भने सुधार देखिएको छ । बाढीपहिरोलगायतका विपत्का कारण पर्…