मकवानपुरगढीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

बिहिबार, १४ मंसिर, २०८०
डिजिटल संस्करण

मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा बिहीबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

पालिकाको बाँसपानीबाट सुकौरातर्फ जाँदै गरेको मोटरसाइकल मकवानपुरगढी– २ बाँसपानीमा सडकबाट करिब सय मिटर तल खस्दा दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मृतक एक महिला र एक बच्चाको पहिचान खुल्न सकेको छैन। मोटरसाइकलचालक भने घाइते भएका र उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।

दुर्घटना भएको मोटरसाइकलको नम्बर, मृतक र घाइतेको विवरण खुल्न बाँकी छ।

सुझावित समाचार