पूर्वराजालाई थापाको चुनौती : च्याँखे थाप्ने होइन, सीधै भिड्न आउनुस् ‘महाराज’

शनिबार, ९ मंसिर, २०८०
डिजिटल संस्करण
पूर्वराजालाई थापाको चुनौती : च्याँखे थाप्ने होइन, सीधै भिड्न आउनुस् ‘महाराज’

तस्बिर : टोपलाल अर्याल/नयाँ पत्रिका

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संवैधानिक व्यवस्था प्रयोग गरेर व्यवस्था परिवर्तन गर्न चुनौती दिएका छन्।

गुल्मीको तमघासमा आयोजित कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले संविधानको बाटो अनुसरण गरेर व्यवस्था परिवर्तन गरेर देखाउन चुनौती दिएका हुन्।

थापाले पूर्वराजा आफैँ अगाडि नदेखिएर च्याँखे थापेको संकेत गरे। उनले राजाहरूकै बदनियतका कारण नेपालको राजसंस्था विस्थापित भएको जिकिरसमेत गरे।

‘राजा फर्काउनुपर्छ भनेर कोही आउँछ भने कांग्रेसले स्पष्ट भन्ने हो– जुवाको खालमा गएर च्याँखे दाउ थाप्ने होइन, सीधै खालमा भिड्न आए हुन्छ महाराज। कांग्रेस भिड्न तयार छ। जाने पार्टी खोल्ने, चुनाव लड्ने, संविधान बदल्ने/फेर्ने, व्यवस्था फर्काउने कांग्रेस यो कुराका लागि तयार छ। हाम्रो संविधानले त्यो दिन्छ,’ महामन्त्री थापाले भने।

सुझावित समाचार