एफसी चितवनविरुद्ध पोखरा थन्डर्स १–० ले विजयी

शनिबार, ९ मंसिर, २०८०
डिजिटल संस्करण
एफसी चितवनविरुद्ध पोखरा थन्डर्स १–० ले विजयी

तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत शनिबार भएको पहिलो खेलमा पोखरा थन्डर्सले एफसी चितवनविरुद्ध जित निकालेको छ।

दशरथ रंगशालामा मोसेस ग्याबाह उमले खेलको दोस्रो हाफमा गरेको गोल नै पोखराको जितमा निर्णायक बन्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा दोस्रो हाफको ७१औं मिनेटमा मोसेस ग्याबाहले निर्णायक गोल गरेका हुन्।

पोखराका कप्तान दिनेश राजवंशी प्लेयर अफ दी म्याच भए।

खेलपछि प्रतिक्रिया दिँदै पोखरा थन्डर्सका कोच नवीन न्यौपानेले पहिलो खेलमै जित निकालेकोमा खुसी व्यक्त गरे। उनले भने, ‘पहिलो खेलमै महत्त्पूर्ण तीन अंक जोड्न सक्यौँ, खुसी छौँ।’

यसअघि शुक्रबार उद्घाटन खेलमा साबिक विजेता काठमाडौं रेजर्सले स्पोर्टिङ इलाम एफसीलाई १–० ले पराजित गरेको थियो।

सुझावित समाचार