नेपाल सुपर लिग (एनएसएल)मा आज शनिबार पोखरा थन्डर्स र एफसी चितवनबीच प्रतिस्पर्धा भइरहेको छ।
दशरथ रंगशालामा पहिलो हाफको खेल सकिँदा दुवै टिम गोलरहित बराबरीमा छन्। पोखरा दिनेश राजवंशीको कप्तानीमा मैदान उत्रेको छ भने चितवनलाई विशाल श्रेष्ठले लिड गरेका छन्।
कुल ४० खेल हुने प्रतियोगितामा काठमाडौं, धनगढी, इलाम, झापा, वीरगन्जसहित एफसी चितवन, बुटवल लुम्बिनी, पोखरा थन्डर्स र ललितपुर सिटी एफसी सहभागी छन्।
शुक्रबार उद्घाटन खेलमा साबिक विजेता काठमाडौं रेजर्सले नयाँ टोली स्पोर्टिङ इलाम एफसीलाई १–० ले पराजित गरेको थियो।