देउसीभैलो खेलेर मिर्गौलापीडितलाई सहयाेग

बुधबार, ६ मंसिर, २०८०
डिजिटल संस्करण

तम्घासका युवाले देउसीभैलो खेलेको रकम मिर्गौलापीडितलाई दिएका छन्।

गुल्मीको हाम्रो रेसुंगा समाजले देउसी र भैलो खेलेर संकलन गरेको रकम मिर्गाैलापीडित ५८ वर्षीया पुतलीदेवी थापालाई प्रदान गरेका हुन्।

रेसुंगा समाजले ५ मंसिरमा खानीगाउँमा खेलेको देउसीभैलोबाट खेलेर संकलन भएको २० हजार रुपैयाँ छोरा भुवन थापालाई प्रदान गरिएको समाजका अध्यक्ष सरिस्मा नेपालीले जानकारी दिइन्।

सहयोग रकम रेसुंगा नगरपालिका- ८ का वडाध्यक्ष निरञ्जन थापामार्फत पीडित परिवारलाई बुझाइएको हो। सहयोग रकम पीडित परिवारलाई प्रदान गर्दै अध्यक्ष थापाले समाज देखाएको सामुदायिक भावनाले बिरामी गरिब विपन्न परिवारलाई ठूलो सहयोग पुगेको बताए।

थापा डेढ वर्षदेखि मिर्गौलापीडित छिन्। पाँच वर्षदेखि मुटुको समस्यासँग लड्दै आएकी थापामगरलाई पछिल्लो समय मिर्गौलाले थला पारेको छ।

सामाजिक भावना हराउँदै गएका वेला भैलो खेलेर गाउँकै मिर्गौलापीडितलाई सहयोग गरेपछि उनीहरूले प्रशंसा कमाइरहेका छन्। 

See More On

सुझावित समाचार