रेसुंगा एकदशी मेला भव्य बनाउन दुई स्थानीय तहद्वारा सार्वजनिक बिदा

मंगलबार, ५ मंसिर, २०८०
डिजिटल संस्करण

ठूली एकादशीको अवसरमा जिल्लाका दुई स्थानीय तहले सार्वजनिक बिदा दिएका छन्।

जिल्लाका रेसुंगा नगरपालिका र गुल्मी दरबार गाउँपालिकाले ७ मंसिरमा हरिबोधनी एकादशीको अवसरमा धार्मिक तथा ऐतिहासिक क्षेत्र रेसुंगामा लाग्ने मेलालाई मध्यनजर गरेर सार्वजनिक बिदा दिएका हुन्।

हरिबोधनी एकादशीको अवसरमा रेसुंगामा विशेष मेला लाग्ने गर्दछ। हरिबोधनी एकादशीको दिन महापोखरीमा स्नान गर्ने र यज्ञशालाको दर्शन तथा मैरीमा पूजा गर्नेहरूको बिहानैबाट भिड लाग्ने गर्दछ। 

मेला व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरेर काम अगाडि बढाइएको रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिए। महापोखरीमा चारधामको पानी मिसाइएकाले पोखरीमा नुहाउँदा अन्जानमा गरेका पापहरू नष्ट हुने धार्मिक मान्यता रहेको संरक्षण समितिका अध्यक्ष भुसालले बताए। 

हरिबोधनी एकादशीको अवसरमा रेसुंगा समितिले भैलो र भजनकीर्तनको आयोजना गर्ने गरेको छ। अहिले रेसुंगा क्षेत्रमा पुग्ने सडक कालोपत्रे गरिएको छ भने पछिल्लो समय थुप्रै महत्वपूर्ण धार्मिक संरचना निर्माण गरिएकाले आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि भएको रेसुंगा संरक्षण समितिले जनाएको छ।

See More On

सुझावित समाचार