फोटोग्राफी थाल्दा...

मंगलबार, ५ मंसिर, २०८०
डिजिटल संस्करण

राम्रो फोटोग्राफर बन्ने रहर धेरैलाई हुन्छ । तर, फोटोग्राफी सजिलो विधा होइन । यसका लागि प्यासन चाहिन्छ । एकैपटक कोही पनि राम्रो फोटोग्राफर बन्न सक्दैन । फोटोग्राफी थाल्दा केही सामान्य कुरामा ध्यान दिन जरुरी छ । 

पहिलो कुरा, धेरै एडिट गर्नु राम्रो होइन । तपाईंले सही र राम्रो सट क्यामेराबाटै नेचुरल्ली खिच्ने कोसिस गर्नुपर्छ । एडिटिङ थोरैसम्म मिलाउन सकिन्छ । 

हामी क्यामेरा कस्तो किन्ने भनेर धेरै सोच्छौँ । तर, राम्रो लेन्स खरिद गर्दैनौँ । हामीले राम्रो फोटो निकाल्नका लागि राम्रो लेन्समा लगानी गर्न जरुरी छ । 

सुझावित समाचार