विश्व व्यापारमा रहेका अनगिन्ती वस्तुहरूको प्रकृति, प्रयोग, गुण र निर्माण उपभोगका आधारमा समान वस्तुहरूलाई निश्चित संकेत नम्बरमा समूहीकृत गर्ने पद्धति नै वस्तु वर्गीकरण हो ।
नेपालमा वस्तु वर्गीकरणमा हार्माेनाइज्ड प्रणाली अपनाइएको छ । यो कस्टम कोअपरेसन काउन्सिल नोमेन्क्लेचर (सिसिसिएन) र स्ट्यान्डर्ड इन्टरनेसनल ट्रेड क्लासिफिकेसन (एसआइटिसी)को समायोजित र विकसित रूप हो ।
हार्मोनाइज्ड प्रणाली आर्थिक वर्ष ०४९/५० देखि लागू भएको हो । यस पद्धतिमा समय–समयमा भएका संशोधनलाई समावेश गर्दै आइएको छ । पछिल्लो संशोधनअनुसार यस पद्धतिको २०१२ को संस्करण लागू गर्ने कार्य भइरहेको छ ।
– भन्सार विभाग