प्रसाईंलक्षित ओलीको टिप्पणी– प्रतिक्रियावादीहरूले काठमाडौं फोहोर मात्रै गर्ने हुन्

शनिबार, २ मंसिर, २०८०
डिजिटल संस्करण
प्रसाईंलक्षित ओलीको टिप्पणी– प्रतिक्रियावादीहरूले काठमाडौं फोहोर मात्रै गर्ने हुन्

फाइल तस्बिर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंलाई अघि सारेर प्रतिक्रियावादी शक्तिहरू सलबलाएकाे टिप्पणी गरेका छन्।

शनिबार पार्टीको जनसंगठन समन्वय संयन्त्रको कार्यक्रममा ओलीले प्रसाईंको नाम नलिई यस्तो टिप्पणी गरेका हुन्। प्रसाईंले मान्छे भेला गराएर गर्ने कार्यक्रमले काठमाडौं फोहोर गर्नेबाहेक केही नहुने ओलीको दाबी छ।

‘म सुन्दै छु, ७ गते एउटा कसैकसै व्यक्तिलाई उभ्याएर प्रतिकियावादी शक्तिहरू जोडतोडले लाग्या छन्, देशभरबाट काठमाडौंमा मानिसहरू उतार्ने रे। ती मानिसहरू आएर काठमाडौंमा केही हुनेवाला छैन। तिनले फोहोर गर्ने मात्रै हुन्,’ उनले भने।

सो दिनलाई एमालेका युवा विद्यार्थी संगठनले समेत प्रदर्शनका कार्यक्रम राखेका छन्। आफूहरूले मान्छे ओसारेर प्रदर्शन गर्न लागेको नभई सरकारलाई अनियमितता र बेथितिप्रति सजग गराउन लागेको ओलीको भनाइ थियो। 
 

सुझावित समाचार