हत्या अभियोगमा बर्दियाबाट आठजना पक्राउ

शुक्रबार, १ मंसिर, २०८०
डिजिटल संस्करण

बर्दियाको गुलरिया नगरपालिका– ५ स्थित सुहेलवामा हत्या अभियोगमा आठजना पक्राउ परेका छन्। 

प्रहरीले घटनाको मुख्य आरोपमा गुलरिया नगरपालिका– ६ का २३ वर्षीय सुलभ थापा, २४ वर्षीय धीरज ठाकुर, वडा नम्बर ५ का १९ वर्षीय दीपेश बुढामगर, वडा नम्बर ८ का १९ वर्षीय सन्दीप थारू र दीनानाथ चौधरीलाई पक्राउ गरेको हो। 

कात्तिक २६ गते राति २३ वर्षका वरुण  घिमिरेलाई पुरानो रिसइवीका कारण हत्या गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घिमिरेको हत्यामा सहयोगी भूमिका निर्वाह गरेको आरोपमा गुलरिया नगरपालिका– ६ का १८ वर्षीय रक्षक भनिने रोशन शाह, वडा ४ का निश्चल थापा क्षेत्री र ठाकुरबाबा नगरपालिका– ३ विदुरपुरका २३ वर्षीय तर्क भण्डारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले राससलाई जानकारी दिए। 

See More On

सुझावित समाचार