फिफा विश्वकप २०२६ का लागि चलिरहेको छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा युएईको घरेलु मैदानमा नेपाल निकै कमजोर देखिएको छ ।
दुबईस्थित अल मक्टुम रंगशालामा जारी खेलको पहिलो हाफमै नेपालले चार गोल खाएको छ ।
खेलको १०औँ मिनेटमा खलिफा मुबारकले हेडर गोल गर्दै युएईको खाता खोलेका थिए ।
३७औँ मिनेटमा प्राप्त गरेको पेनाल्टीमा सहज गोल गर्दै युएईका कप्तान अलीले व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गरे । उनले ४४औँ मिनेटमा युएईलाई ३–० को अवस्थामा पुर्याए । यो उनको दोस्रो गोल थियो ।
अप्रत्याशित रूपमा तेस्रो गोल खाएपछि सम्हालिन नपाउँदै नेपालले चौथो गोल व्यहोयाे । ४६औँ मिनेटमा फाबियो लिमाले उत्कृष्ट फिनिसिङ देखाउँदै युएईलाई ४–० को अवस्थामा पुर्याए ।
पहिलो हाफमा नेपालले केवल २९ प्रतिशत बल पोजिसन राखेको थियो । यसबीच उसले एकपटक मात्र युएईको पोस्टमा प्रहार गर्याे । त्यो पनि अनटार्गेट थिएन ।
नेपालले पहिलो चरणमा लाओसविरुद्ध जित निकाल्दै दोस्रो चरणमा स्थान बनाएको हो । नेपालले दोस्रो चरणको दोस्रो खेल नोभेम्बर २१ मा यमनविरुद्ध काठमाडौंमा खेल्नेछ ।