रिलायबल लाइफले गर्‍यो एक करोड दाबी भुक्तानी

शुक्रबार, २४ कार्तिक, २०८०
डिजिटल संस्करण

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना एक बिमितलाई एक करोड दुई लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । दुई वर्षअघि ५० लाख रुपैयाँबराबरको बिमालेख खरिद गरेका प्रदीप ज्ञवालीको दुर्घटनामा मृत्यु भएपछि कम्पनीले मृतककी आमा टीकाकुमारी घिमिरेलाई एक करोड दुई लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो । 

उक्त दाबी भुक्तानीबराबरको चेक कम्पनीका गैँडाकोट शाखा प्रमुख नारायण पौडेल, गैँडाकोट   नगरपालिकाका वडाध्यक्ष विनोदकुमार मल्ल, एजेन्सी म्यानेजर नवराज पौडेल, लीलाधर कँडेललगायत स्वर्गीय ज्ञवालीको परिवार, छिमेकी जनप्रतिनिधिको उपस्थितिमा हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । 

सुझावित समाचार