लाङटाङ पदमार्गमा पर्यटकको निधन

शुक्रबार, २४ कार्तिक, २०८०
डिजिटल संस्करण

रसुवाको हिमाली क्षेत्रमा पदयात्रामा आएका एक पर्यटकको लडेर मृत्यु भएको छ । फ्रान्सका नागरिक ६८ वर्षीय प्याट्रिक जेन मारिई मोलको बिहीबार लडेर निधन भएको हो ।

प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीका अनुसार बिहीबार रसुवाको गोसाइँकुण्ड गाउँपालिका– ४ स्थित क्याङजेन जाने प्रमुख पदमार्गअन्तर्गत लाङटाङ गाउँ आसपासको लुम्थाङमा  लडेर मोल घाइते भएका थिए । मोल काठमाडौंको त्रिनेत्र ट्रेकिङ एजेन्सीमार्फत लाङटाङको क्याङजेन जाँदै थिए । उनको लाङटाङ क्षेत्रको सुरक्षामा खटिएका नेपाल प्रहरी र नेपाली सेना विष्णुदल गणका सुरक्षाकर्मीले उद्धार गरेका थिए ।

मोललाई फिस्टेल हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं लगिएको थियो । हावाईमार्गबाट उपचारका लागि लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुझावित समाचार