कामना सेवा बैंकद्वारा प्रहरी कन्ट्रोल रुम सबलीकरण

बुधबार, २२ कार्तिक, २०८०
डिजिटल संस्करण

कामना सेवा विकास बैंक १७औँ वर्षमा प्रवेश गरेको अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी प्रहरी कन्ट्रोल रुम सबलीकरण कार्यक्रम सम्पन्न गरेको छ । कन्ट्रोल रुम सबलीकरण गरी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापालाई बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले हस्तान्तरण गरेका छन् ।

उक्त कार्यक्रममा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत प्रहरी कन्ट्रोल रुमको सबलीकरण गरेसँगै सेवासमेत छिटो र छरितो हुन थालेको बताए । बैंकले आफ्नो स्थापनाको १७औँ वार्षिकोत्सवको अवसरमा विभिन्न १७ वटा कार्यक्रमसहित सप्ताहव्यापी रूपमा कार्यक्रमहरू गरिरहेको छ । बैंकले गत शुक्रबारदेखि विभिन्न कार्यक्रमको आयोजना गरिरहेको छ । आगामी बिहीबारसम्म बैंकले विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।

सुझावित समाचार